महालक्ष्मी विकास बैंक र लाइफ केयर हेल्थ सेन्टरबीच छुट सम्बन्धी सम्झौता

डिसी नेपाल
२४ मंसिर २०७८ १०:३६

काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेड र लाइफ केयर हेल्थ सेन्टरबीच छुट सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले लाइफ केयर हेल्थ सेन्टरमा ओपिडी टिकट, ल्याब सेवा, भिडियो एक्स–रे, एक्स–रे सेवा, इको, इसीजी र औषधीमा आर्कषक छुट प्राप्त गर्ने भएका छन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजीटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने अभिप्रायका साथ यस बैंकले  विभिन्न शाखाहरुबाट जनचेतामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । यस बैंकले देशभर कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *