शुक्रबार घट्यो सुन र चाँदीको मूल्य

डिसी नेपाल
२४ मंसिर २०७८ ११:०५

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहिबार ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ आज १ सयले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यता, चाँदीको मूल्य १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ। आज चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ४५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १६ रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *