सान्जेन जलविद्युतले माग्यो आईपिओ जारी गर्ने अनुमति

डिसी नेपाल
२४ मंसिर २०७८ ११:४१

काठमाडौँ। सान्जेन जलविद्युत कम्पनी लिमिटेडको ३६ लाख ५० हजार कित्ता आइपिओ जारी गर्ने भएका छन्। कम्पनीले स्थानीय बासिन्दाका लागि आइपीओ जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। कम्पनीले प्रति कित्ता १०० अंकित दरमा आइपिओ जारी गर्ने भएको छ ।

कम्पनीले संस्थापक समूहको ५१ प्रतिशत र बाँकी ४९ प्रतिशत सर्वसाधारणका लागि छुट्याएकोमा ३९ प्रतिशत सर्वसाधारणका लागि आइपीओ जारी गरिसकेको थियो । बाँकी रहेको १० प्रतिशत बराबरको साधारण शेयर स्थानीयका लागि जारी गर्न कम्पनीले प्रक्रिया अगाडि बढाएको हो ।

यो आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *