अमेजनलाई १.१३ बिलियन डलर जरिवाना

डिसी नेपाल
२४ मंसिर २०७८ १२:१४

मिलान। इटालीको एन्टि ट्रस्ट वाचडगले बिहीबार ई–कमर्स कम्पनी अमेजनलाई बजार प्रभुत्वको दुरुपयोग गरेको आरोपमा भारी जरिवाना गरेको छ । इटालीले अमेजनलाई १.१३ बिलियन युरोको जरिवाना गर्ने निर्णय गरेको हो। युरोपमा अमेरिकी टेक जाइन्टलाई लगाइएको सबैभन्दा ठूलो जरिवाना मध्ये एक भएको बताइएको छ ।

अमेजनले उसको वेयरहाउस र डिलिभरी सिस्टमको प्रयोग गर्ने थर्ड पाटी सेलर्सलाई स्पेसल सर्भिस देखिएर अन्य सेलर्सलाई नोक्सानी पुर्याएको आरोपमा इटालीको बजार नियामकले यस्तो भारी जरिवानाको निर्णय गरेको हो।

भारी जरिवानासँगै नियामकले अमेजनलाई थर्ड पार्टी सेलरको लिस्टमा ननडिस्क्रिमिनेटरी स्ट्यान्डर्ड (विनाभेदभाव) अपनाउन पनि निर्देशन दिएको छ। अमेजनले यो निर्देशन पालना गरेको वा नगरेको भन्ने विषयमा निगरानी बढाइने पनि नियामकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *