नेपाल राष्ट्र बैंकले माग्यो ८३ जना कर्मचारी

डिसी नेपाल
२४ मंसिर २०७८ १२:३०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि जागिर खुलाएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दैै अधिकृत, सहायक निर्देशक, वाणिज्य सहायक, अधिकृत तृतिय लगायत विभिन्न पदहरुका लागि ८३ जना कर्मचारी माग गरेको हो।

बैंकले सहायक निर्देशक अर्थात अधिकृत तृतीय तहमा ४५ जना, सहायक निर्देशक अधिकृत तृतीय लेखाका लागि ६ जना, बाणिज्य कानुनमा सहायक निर्देशक २ जना, सहायक निर्देशक सूचना प्रविधिमा ५ जना, सहायक तह प्रशासनमा २५ जना कर्मचारी माग गरेको छ ।

निर्देशक तहका लागि स्नातकोत्तर, प्रशासन, प्रविधिका लागि बिषयगत अध्ययन माग गरिएको छ । यसैगरी अर्थशास्त्र, ब्यवस्थापन, जनप्रशासन, कानुन पढेको तथा सहायक कर्मचारीलाई प्लस टु उत्तिर्ण गरेको हुनुपर्ने छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरीकले पुस १५ गते तथा दोब्बर दस्तुर तिरेर पुस २२ गते भित्र दरखास्त दिन सकिन्छ। आवेदन फारम राष्ट्र बैंकको वेभसाइटबाट भर्न सकिने बैंकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *