नाडाको अध्यक्षमा धुब्रवहादुर थापा विजयी

डिसी नेपाल
२४ मंसिर २०७८ १३:२७

काठमाडौं । नेपाल अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा पोखराका व्यवसायी धुब्रवहादुर थापा विजयी भएका छन् । थापा फोर्स मोटरको नेपालको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन । उनले अध्यक्षका प्रत्यशी करण चौधरीलाई ६६ मत अन्तरले पराजित गर्दै आगामी २ वर्षका लागि नाडाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

बिहिबार मध्यराति सार्वजनिक मतपरिणाम अनुसार थापाले कुल १४ सय १३ मत ल्याउँदा चौधरीले १३ सय ४७ मत ल्याएका थिए । अध्यक्षमा थापा निर्वाचित भएतापनि अन्य पदाधिकारीमा चौधरी पक्षले बहुमत ल्याएका छन् । नाडाको १७ कार्यसमिति सदस्यमध्येमा चौधरी पक्षबाट १२ र थापा पक्षबाट ५ जना विजयी भएको नाडा निर्वाचन समितिले जनाएको छ ।

कुल ३२ सय सदस्य रहेको नाडामा २७ सय ८८ मत खसेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *