नेपाल एसबिआई बैंकले प्रोग्रेसिभ फाइनान्सका ग्राहकलाई गैरकोषमा आधारित बैंकिङ सुविधा दिने

डिसी नेपाल
२४ मंसिर २०७८ १४:३६

काठमाडौं । नेपाल एसबिआई बैंक र प्रोग्रेसिभ फाइनान्सबिच सम्झौता भएको छ। बैंकले फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता गरेको हो ।

यस सम्झौता अन्तर्गत प्रोग्रेसिभ फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन् ।

यसै सम्बन्धमा नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रोग्रेसिभ फाइनान्स लिमिटेडका नायब प्रमूख कार्यकारी अधिकृत महेश्वर पहारीबिच सम्झौता भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *