महुली लघुवित्तको ३ हजार ५ सय कित्ता संस्थापक सेयर लिलामीमा

डिसी नेपाल
२४ मंसिर २०७८ १५:०५

काठमाडौँ।  महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्ने भएको छ । संस्थाले पौष ४ गतेबाट ३ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको न्युनतम मूल्य ७ सय ३५ रूपैयाँ तोकिएको छ ।

लगानीकर्ताले न्युनतम ५ सय कित्ता र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यस सेयरमा पौष ११ गतेसम्म आवेदन दिन सक्नेछन्।

संस्थाको निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले सनराइज क्यापिटल लिमिटेड, कमलपाेखरी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *