कांग्रेस महाधिवेशनः बन्दसत्र सुरु, पौडेलपक्ष आइपुगेन

डिसी नेपाल
२४ मंसिर २०७८ २१:०२
152
Shares

काठमाडौं । ने‍पाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ ।

शुक्रबार भृकुटीमण्डमा उद्घाटन सत्र सकिएसँगै बन्दसत्र सुरु भएको हो । राति ८ बजेबाट सुरु गर्ने भनिए पनि ढिला गरि बन्दसत्र सुरु भएको हो । प्रधानमन्त्री एवं सभापति बन्दसत्र स्थलमा प्रवेश गरेका छन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने बन्दसत्रमा उपस्थित छैन ।

पौडेल पक्ष सभापतिमा साझा उम्मेदवार चयनका लागि बत्तिसपुतली स्थित अनुपम फुड ल्याण्डमा छलफलमा रहेको छ । बन्दसत्रमा कोषाध्यक्ष सितादेवी यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.