पहिलो चरणमै विजयी हुन्छुः प्रधानमन्त्री देउवा

डिसी नेपाल
२५ मंसिर २०७८ १८:३२

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन आफूले सभापतिको उम्मेदवारी दिएको बताएका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले मुलुकमा आफ्नो नेतृत्वमा आगामी निर्वाचनमा जादा पक्कै पार्टीको बहुमत आउने विश्वास दिलाए । प्रधानमन्त्री देउवाले भने, “सभापतिको निर्वाचनमा पहिलो चरणमा नै विजयी हुनेछु ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *