स्वदेशी जुत्ता उद्योगको प्रवर्द्धनका लागि प्रधानमन्त्री बालेन शाह र संघका पदाधिकारीबीच छलफल हुँदै
काठमाडाैं। प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जुत्ता उत्पादक संघका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गर्दै छन्। नेपाली बजारमा स्वदेशी उत्पादनको अवस्था र यस क्षेत्रका समस्या पहिचान गरी समाधानका उपाय खोज्न यो बैठक डाकिएको हो।
उक्त छलफलमा जुत्ता उत्पादक संघका तर्फबाट अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई र प्रतिनिधि विदुषी राणाको सहभागिता रहने कार्यक्रम रहेको छ।
विशेष गरी बैठकमा नेपाली जुत्ता चप्पल उद्योगलाई प्रोत्साहन गर्ने, उत्पादित सामग्रीको बजार व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तथा यस क्षेत्रलाई आत्मनिर्भर बनाउन गरिएका प्रयासहरूका बारेमा गहन समीक्षा हुनेछ।
यसका साथै उद्योगीहरूले भोग्दै आएका विद्यमान चुनौतीहरू र स्वदेशी उत्पादनलाई सघाउ पुर्याउने गरी गर्नुपर्ने नीतिगत सुधारका विषयमा समेत ठोस र रणनीतिक छलफल हुने कार्यतालिका तय गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment