थाइल्याण्डमा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

डिसी नेपाल
२९ मंसिर २०७८ ९:२९
56
Shares

एजेन्सी। थाइल्याण्डमा एक सैन्य हेलिकप्टर दुर्घटनामा परेको छ। मंगलबार सैन्य प्रशिक्षण उडानमा रहेको थाई हेलिकप्टर दुर्घटनामा परेको हो।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ।

थाइल्याण्डको बुरी प्रान्तको आर्मी हवाई उड्डयन केन्द्रबाट उडान भरेको हेलिकप्टरमा सुरुमा आगो लागेको र दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन्।

यो विमान दुर्घटनाबारे अनुसन्धान गर्न अनुसन्धानकर्ताको टोली पनि घटनास्थलमा पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.