उपसभापतिको मतगणना तीन ठाउँमा, राति १० बजेसम्म नतिजा आइसक्ने

डिसी नेपाल
२९ मंसिर २०७८ १८:३७

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत बुधबार साँझबाट उपसभापतिको मतगणना थालिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयमा जारी मतगणना राति १० बजेसम्ममा सक्ने तयारी निर्वाचन समितिको छ ।

तीन ठाउँमा मतगणना भइरहेकाले राति १० बजेसम्ममा नतिजा आइसक्ने कांग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

दुई जना उपसभापतिका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् । विजयकुमार गच्छादार, पूर्णबहादुर खड्का, चन्द्र भण्डारी, धनराज गुरुङ, सुजाता कोइराला र महेश आचार्य चुनावी मैदानमा रहेका छन् ।

सभापतिमा भने शेरबहादुर देउवा विजयी भइसकेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *