रिलायन्स फाइनान्सले १५ प्रतिशत बोनस सेयर दिंदै, कर तिर्न नगद पनि !
काठमाडौँ। रिलायन्स फाइनान्सले आफ्नो सेयरधनीलाई १५.७९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.७९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
फाइनान्सले १५ प्रतिशतले हुन आउने १३ करोड ७३ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशतले हुन आउने ७२ लाख २८ हजार रुपैयाँ बराबरको नगद लाभांश खर्च गर्ने भएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात आफ्नो लगानीकर्तालाई वितरण गर्ने भएको छ । हाल बैंकको चुक्ता पुँजी ९१ करोड ५६ लाख रुपैयाँ रहेको छ। बोनस वितरण पश्चात फाइनान्सको चुक्ता पूँजी १ अर्ब ५ करोड २९ लाख रुपैयाँ पुग्नेछ ।
Facebook Comment