नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन, कुन कम्पनीको कति ?

डिसी नेपाल
५ पुष २०७८ ९:०१

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयरमा मूल्य समायोजन भएको छ। सेयर मूल्य समायोजन हुनेमा किसन लघुवित्त वित्तीय संस्था र हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको भएको हो।

किसान लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ। समायोजनपछिको सेयर भाउ १ हजार १ सय ७६ रुपयाँ कायम भएको छ। यस अघि अन्तिम सेयर मूल्य १ हाजार ४ सय ७० रुपैयाँ रहेको थियो।

यता,  हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ८ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ सय ४८ रूपैयाँ ३३ पैसा कायम हुने गरी सेयर मूल्य समायोजन भएको हो । यस अघि अन्तिम कारोबार मूल्य २ सय ६८ रूपैयाँ २० पैसा रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *