राजर्षिजनक विश्वविद्यालयले माग्यो ११ पदका लागि कर्मचारी

डिसी नेपाल
५ पुष २०७८ ९:३८

काठमाडौँ। राजर्षिजनक विश्वविद्यालय सेवा आयोगले ११ पदका लागि दरखास्त आह्वान गरेको छ । सोमबार गोर्खा पत्रमा एक सूचना जारी  गर्दै पदपूर्तिका लागि कर्मचारी आह्वान गरेको हो।

आयोगले प्राबिधिक अधिकृत (कम्प्युटर) पदका लागि १ जना, लेखा अधिकृत पदका लागि २ जना, शाखा अधिकृत पदका लागि २ जना, मुख्य प्राविधिक सहायक (कम्प्युटर)पदका लागि १ जना, मुख्य प्राविधिक सहायक (आईटि)पदका लागि १ जना, मुख्य प्राविधिक सहायक (एमएलटी)पदका लागि १ जना, मुख्य कार्यालय सहायक पदका लागि १ जना, मुख्य लेखा सहायक पदका लागि १ जना , कार्यालय सहायक पदका लागि १ जना, लेखा सहायक पदका लागि १ जना  र ल्याब ब्वाई पदका लागी १ जना कर्मचारी माग गरेको हो।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले पुस ९ गते भित्र दरखास्त दिनुपर्ने छ। दोब्बर दस्तुर तिरेर पुस १६ गतेसम्म आवेदन दिन सकिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *