१७ फोटोमा हेर्नुहोस् बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगो लागेपछि नियन्त्रणको प्रयास
काठमाडौं । राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । आइतबार दिउँसो साढे ३ बजेपछाडि बुद्धनगर चोकको उकालोमा रहेको कम्प्लेक्स भवनको माथिल्लो तलामा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ ।
कम्प्लेक्सको माथिल्लो तलामा रहेको जीम सेन्टरमा आगो लागेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगो निभाउन दमकल परिचालन गरिएको छ । आगलागीको कारण खुल्न सकेको छैन । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार आगो नियन्त्रणका लागि काठमाण्डौ महानगरपालिकाको दमकल बोलाइएको छ । तस्वीरमा हेर्नुहोस् आगो नियन्त्रणका लागि गरिएको प्रयास –
















प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment