पोखरा फाइनान्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

डिसी नेपाल
६ पुष २०७८ ८:५३

काठमाडौं। पोखरा फाइनान्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि पोखरा फाइनान्स र प्रभु क्यापिटलबीच सम्झौता भएको हो ।

सम्झौतामा पोखरा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ र प्रभु क्यापिटलको तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका छन् ।

पोखरा फाइनान्सले २०७८ पुष ५ गतेदेखि लागू हुने गरी प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । सेयर राजिष्ट्रारका रुपमा प्रभु क्यापिटलले पोखरा फाइनान्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्नेलगायतका कार्यहरु गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *