मन्त्री आलेद्वारा न्यानो लुगा वितरण

डिसी नेपाल
६ पुष २०७८ ११:५२
24
Shares

काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले डोटी जिल्लाको जोरायल गाउँपालिका–१, २, ३ र ४ का एकल महिला, असहाय, गरिब तथा ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेका छन् । चिसोबाट जोगाउनका लागि उक्त गाउँपालिकामा रहेका ७५६ जनालाई लुगा वितरण गरिएको उनका स्वकीयसचिव हेमन्त रेग्मीले जानकारीदिएका छन् ।

मन्त्री आलेले आफ्नै लगानीमा चिसोका समयमा लुगा बितरण गरेपछि त्यहाँका नागरिकहरु खुशी भएको वडा नं –२ का वडाअध्यक्ष मानबहादुर मल्लले बताए । उनले भने, “चिसो समय छ, यहाँका एकल महिला, असहाय, गरिब तथा ज्येष्ठ नागरिकलाई मन्त्री आलेले न्यानो लुगा वितरण गर्नु भएपछि निकै राहत भएको छ, हामी खुशी भएका छौँ ।” जिल्लाका अन्य स्थानीयका त्यस्ता व्यक्तिलाई पनि न्यानो लुगा वितरण गरिने कार्यक्रम रहेको मन्त्री आलेको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.