बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

डिसी नेपाल
१२ पुष २०७८ १५:३७
168
Shares

पाल्पा। पाल्पामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा परि मोटरसाइकल चालक स्याङजा कालिगण्डकी गाउँपालिका घर भई रुपन्देहीको तिलोत्तमा ३ वनबाटिका बस्ने ३७ वर्षीय टीका रानाको मृत्यु भएको हो।

सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ अर्घाछापमा पाल्पाबाट बुटवल तर्फ आइरहेको ग १ ख ४२ ६१ नम्बरको बसले सोही दिशातर्फ आएको लु ४९ प २०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटनापछि घाइते उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी रामेश्वर त्वातीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.