इँटाभट्टामा कार्यरत मजदूरलाई खोप
काठमाडौं।गिरिजाप्रसाद कोइराला लेवर फाउण्डेशनले ईटाभट्टामा कार्यरत १७३ मजदूरलाई कोरोना खोप प्रदान गरेको छ । फाउण्डेशनले विडब्लु आई (विल्डिङ वर्कस युनियन) को सहकार्यमा भक्तपुरको दुवाकोटस्थित ईटाभट्टामा कार्यरत मजदूरलाई आज कोरोना खोप प्रदान गरेको हो ।
फाउण्डेशनका महासचिव सूर्य नेपालले जनस्वास्थ्य कार्यालय चाँगुनारायणको सहकार्यमा १७३ मजदूरलाई भेरोसेल खोप प्रदान गरिएको जानकारी दिए। खोप लगाएकामध्ये १३९ श्रमिकले पहिलो मात्रा र ३४ श्रमिकले दोस्रो मात्रा खोप लगाएका हुन् ।
उक्त इटाभट्टामा सूदुरपश्चिम क्षेत्रका मजदूर कार्यरत छन् । बिडब्लु आइमा निर्माण तथा सम्बद्ध श्रमिक संघ, नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा मजदूर युनियन र अखिल नेपाल निर्माण मजदूर संघ आवद्ध छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment