प्रधानमन्त्री देउवाको भारत भ्रमण अचानक रद्द

डिसी नेपाल
२२ पुष २०७८ १३:०५

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अचानक रद्द भएको छ । भारतमा हुन लागेको लागेको १० औं ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द भएको हो । समाचार एजेन्सी एएनआइका अनुसार गुजरात सरकारले कोरोनाको कारण देखाउँदै भाइब्रेन्ट गुजरात ग्लोबल समिट रद्द गरेको हो । प्रधानमन्त्री देउवा यही कार्यक्रममा सहभागी हुन भारत जाने कार्यक्रम थियो ।

सम्मेलन गुजरातको गान्धीनगरमा जनवरी १० देखि १२ (पुस २६ देखि २८)सम्म गर्ने तयारी थियो । गुजरात सरकारले कोरोना भाइरसको जोखिम बढेको भन्दै सम्मेलन स्थगित गरेको जनाएको छ । यो कार्यक्रम स्थगित भएसँगै प्रधानमन्त्रीको भारत भ्रमण पनि स्थगित गरिने बालुवाटार स्रोतले जनाएको छ । यसअघि बुधबार मात्र मन्त्रिपरिषद्ले प्रधानमन्त्री देउवाको दुई दिने भारत भ्रमण स्वीकृत गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *