पहिलो पल्ट मुटु चिर्दाको अनुभव यसरी शेयर गरे डा. भगवान कोइरालाले

डिसी नेपाल
२४ पुष २०७८ १३:१४
660
Shares

काठमाडौं। मानिसको जीवन सिकाइको प्रक्रिया हो । गल्ती सबैले गर्छन् । तर गल्तीपछि नयाँ पाठ पनि सिक्ने गर्छन् । तर चिकित्सक पेशामा एउटा सानो गल्तीले पनि कसैको ज्यान तलमाथि हुनसक्छ ।

नेपालमा लामो समयदेखि चिकित्सक पेशामा सक्रिय रहेका बरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले आफ्नो पेशाको सुरुवाती चरणमा शिक्षण अस्पताल काठमाडौंमा मुटु अपरेशन गरेको अनुभव शेयर गरेका छन्।

डिसी नेपालको ‘द ब्रिज टक’कार्यक्रममा बोल्दै डा. कोइरालाले अपरेशन गर्ने काम डाक्टरको लागि अनौठो र अफ्टेरो नहुने बताएका छन् । उनले भने‘लामो समयको अध्ययन अनुसन्धानले हाम्रो विषयबस्तु अनुसारको काम गर्न केही पनि असहज हुँदैन । हामीले सुरुवात गर्दा प्रविधिक समस्या चाहीँ थियो ।’

कोइरालाले भने,‘१९९७ मा पहिलो पटक मुटु अपरेशन गर्दा उत्साहित, डर, त्रास सबै कुरा थियो। त्यो मिश्रित अनुभवको बारेमा मैले एउटा किताब पनि लेखेको छु। समयक्रममा त्यो किताब सार्वजानिक पनि गर्ने छु। प्राविधिक रुपमा मलाई केही पनि डर थिएन तर व्यवस्थापनको कुराले केही डर चाहीँ थियो । तर चुनौतीले नै नयाँ कुरा सिकाउने हो।’

उनले आफ्नो जीवनमा १४ हजारभन्दा धेरै बिरामीको मुटुको अपरेशन गरेको अनुभव सुनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.