२०.६४ अङ्कले बढ्यो नेप्से परिसूचक, ७ अर्ब ९० करोडमाथिको कारोबार

डिसी नेपाल
३ माघ २०७८ १५:२७

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक २०.६४ अङ्कले बढेर २ हजार ९४७.३८ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता शेयर खरिद बिक्री हुँदा ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६ सय ६८ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ। यस कम्पनीको ४४ करोड ५४ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ५ सय ७१  रुपैयाँ कायम भएको छ।  त्यसपछि क्रमश : अपि पावर कम्पनी र अपर तामाकोशी जलबिद्युत को कारोबार भएको छ ।

आज सबैभन्दा बढी मध्य भोटेकोशी जलविधुत र सनराइज ब्लु चिप फण्डका लगानीकर्ताले कमाएका छन् भने नोबेल ऋणपत्र र स्टाण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले घुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *