एक्सेल डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
३ माघ २०७८ १४:१५

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक्सेल डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रद सेयर सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको २४ लाख ३३ हजार ३ सय ६३.६७४२ कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे ।

कम्पनीले असोज २५ गतेदेखि कार्तिक २९ गतेसम्म ३० प्रतिशत हकप्रद बिक्री खुल्ला गरेको थियो । कम्पनीले १०ः३ को अनुपातमा प्रति कित्ता  एक सय रूपैयाँ अंकितमा २४ लाख ३३ हजार ३ सय ६३.६७४२ कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *