किसान लघुवित्तले २५ प्रतिशत बोनस सेयर दिँदै

डिसी नेपाल
३ माघ २०७८ ११:०२

काठमाडौं। किसान लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई २५ प्रतिशत बोेनस सेयर दिने घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समितको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।

संस्थाले २५ प्रतिशतले हुन आउने ९ करोड ८२ लाख २ हजार १ सय ९४ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ।  संस्थाले बोनसमा लाग्ने कर तिर्न नगद लाभांश सम्बन्धी भने कुनै निर्णय गरेको छैन ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *