मल्टीपर्पस फाइनान्सको ७९ हजार १०० कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
३ माघ २०७८ ११:५४

काठमाडौं। मल्टीपर्पस फाइनान्सले संस्थापक सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीका संस्थापक दिप नारायण साहले आफ्नो नाममा रहेको ७९ हजार १०० कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।

यसमा कम्पनीका संस्थापक सेयरधनीमात्र आवेदन दिन पाउनेछन् ।  यसको मूल्य भने तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको प्रधान कार्यालय राजविराज–४, सप्तरीमामा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।

संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेमा सर्वसाधारणले उक्त सेयर खरिद गर्न सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *