कर्मचारीमा कोरोना देखिएपछि राष्ट्रिय वाणिज्य बैंक बन्द

डिसी नेपाल
३ माघ २०७८ १५:१०

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखा परेको छ।  बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकबाट प्रदान गरिने बैंकिङ सेवा सोमबारदेखि बन्द गरिएको छ ।

बैंकमा कार्यरत १८ जना कर्मचारीमध्ये १० जनामा कोरोना संक्रमण पुष्टि भएको बैंकले जनाएको छ । कोरोना संक्रमण देखापरेका १० जना कर्मचारी मध्ये एकजनामा गम्भीर लक्षण देखिएको हुनाले अस्पताल भर्ना गरिएको छ भने बाँकी नाैजना कर्मचारी होम आइसोलेसनमा रहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *