प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

डिसी नेपाल
४ माघ २०७८ ९:०५

काठमाडौं। प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश पारित गर्न र साधारण सभा प्रयोजनार्थ माघ ५ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने भएको छ।  यस अनुसार आजसम्म नेप्सेमा कायम भई कारोबार गरेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश र सभामा भाग लिन पाउने छन् ।

कम्पनीले लाभांश परित गर्न माघ २१ गते बार्षिक साधारण सभा गर्ने भएको छ । सभा प्रिमियर भवन नक्साल काठमाडौँमा भर्चुअल माध्यामबाट बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.७५ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *