कामना सेवा विकास बैंकको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक

डिसी नेपाल
४ माघ २०७८ ९:४१

काठमाडौं। कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।  दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गर्नेमा कम्पनीमा कामना सेवा पहिलाे पहिलो बनेको छ ।

सार्वजनिक भएको वित्तिय विवरण अनुसार बैंक खुद नाफा घटेको छ । यस वर्ष बैंकले खुद नाफा ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँ कमाएको छ।  यो नाफा गत वर्षको यहि अवधिको तुलनामा ११.८९ प्रतिशतले कम हो।  गत वर्ष बैंकले ३९ करोड ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा ९ करोड ६७ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसैअवधिमा बैंकको वितरणयोग्य नाफा २७ करोड १९ लाख ६७ हजार रुपैयाँ थियो ।  यो दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने वृद्धि भएको छ ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ३१.६६ प्रतिशत र ४१.५१ प्रतिशतले बढेको छ। गत वर्षको यहि अवधिमा ६८ करोड ८० लाख ८९ हजार रूपैयाँ खुद खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष बढाएर ९० करोड ५९ लाख ६० हजार रुपैयाँ पुर्याएको छ। सञ्चालन नाफा पनि ४ करोड ६९ लाख ५६ हजार रूपैयाँबाट बढेर ४९ करोड ९ लाख ७३ हजार रूपैयाँ पुगेकाे छ ।

त्यस्तै, बैंकको चुक्ता पुँजी ३ अर्ब १४ करोड २५ लाख ७७ हजार रुपैयाँ र जगेडा कोषमा एक अर्ब ३ करोड ७८ लाख २२ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) २१ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ २ पैसा रहेकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *