नाडेप लघुवित्तको वार्षिक साधारण सभा माघ १४ गते, के-के छन् एजेण्डा ?

डिसी नेपाल
४ माघ २०७८ १०:५२

काठमाडौं। नाडेप लघुवित्त वित्तीय संस्थाको बार्षिक साधारण सभा माघ १४ गते डाकेको छ । लाभांश पारित गर्न सभा नौबिसे एग्रो रिसोर्ट, नौबिसे धादिङमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १.०५३ प्रतिशत नगद लाभांश दिन प्रस्ताव पेश गर्ने भएको छ । साथै, बोनस सेयर वितरणपछि पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने  एजेण्डा पनि रहेको छ।

सभामा संस्थापक समूहको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । सभामा अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेस गर्ने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *