मंगलबार १०.७८ अङ्कले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
४ माघ २०७८ १५:१५

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक १०.७८ अङ्कले घटेर २ हजार ९३६.६६ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२४ कम्पनीको १ करोड ६० लाख ४ हजार ५३० कित्ता शेयर खरिद बिक्री हुँदा ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५ सय ६१ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा अपि पावर कम्पनी अग्रस्थानमा रहेको छ। यस कम्पनीको २८ करोड ११ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ५ सय ५४ रुपैयाँ कायम भएको छ।  त्यसपछि क्रमश : अरुण भ्याली हाइड्रोपावर र नेपाल दुरसंचार कम्पनीको कारोबार भएको छ ।

आज सबैभन्दा बढी सिमलिङ्ग पावर कम्पनी र मध्य भोटेकोशी जलविधुतका लगानीकर्ताले कमाएका छन् भने मन्जुश्री लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *