पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

डिसी नेपाल
७ माघ २०७८ ७:२०
736
Shares

काठमाडौं।नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेको हो ।

पहिराका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने छ । पहिराका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.