ललितपुरकाे सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति चोरी

डिसी नेपाल
९ माघ २०७८ १२:१६
56
Shares

काठमाडौं। ललितपुर सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति चोरी भएको छ । तीन सय वर्ष पुरानो मूर्ति शनिबार राति चोरी भएको ललितपुर प्रहरीले जनाएको छ ।

मूर्ति चोरी भएको खबर थाहा पाउना साथ ऊर्जामन्त्री पम्फा भुसाल आइतबार बिहान घटनास्थलको निरीक्षण गर्न पुगेकी थिइन् । सुनाकोठी भुसालको निर्वाचन क्षेत्र पर्छ ।

मन्त्री भुसालले मूर्ति चोरीको भत्सर्ना गर्दै तत्काल दोषी पत्ता लगाई मूर्ति खोजी गर्न प्रशासनलाई निर्देशन दिएको जानकारी गराइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.