६ हजार ४६२ जना नयाँ सङ्क्रमित थपिए, ४ जनाको कोरोनाबाट मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा १७ हजार ४३७ जनामा परीक्षण गर्दा ६ हजार ४६२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १३ हजार ३७७ जनामा पीसीआर परीक्षण गरिएकोमा ५ हजार ५९८ जनामा र ४ हजार ६० जनामा एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९० प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार ४१६ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६५५ पुगेको छ ।
यसैगरी देशमा हालसम्म ७७ हजार ४० जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ४९ हजार ४७३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।







डिसी नेपाल








Facebook Comment