पठाओ राइडर राईको अपहरण, दुई जना पक्राउ

डिसी नेपाल
९ माघ २०७८ २०:३७
884
Shares

काठमाडौं । शुक्रवार राति ललितपुरको धापाखेलमा एक पठाओ राइडर लुटिएका छन् । लुटपाट गर्ने दुई जना प्रहरीको फन्दामा परेका छन्। गाईघाट घर भई काठमाडौंमा बस्दै आएका २५ वर्षीय पठाओ राइडर प्रविन राईलाई कोटेश्वरबाट धापाखेल पुर्‍याएर अपहरण तथा लुटपाट गर्ने सुमन तामाङ र मिनराज राईलाई पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरको अनुसार धापाखेलमा मुखमा टेप र हातखुट्टा डोरीले बाँधेर नगद ८ हजार र राइडरको मोटरसाइकल बागमती प्रदेश ०२–०१–००१ प ११६६ नम्बरको मोटरसाइकल लिएर फरार भएका थिए । आइतबार बिहान  १ बजे स्थानीयले धापाखेलमा बन्धक बनाइएका राइले हारगुहार गर्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

आइतबार बिहान उनीहरु दुवै जनालाई बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुममा राइडरको मोटरसाइकल विक्री गर्न लागेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएका छ ।  प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.