कुश्मा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

डिसी नेपाल
९ माघ २०७८ २०:४८
24
Shares

काठमाडौं। जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना संक्रमण बढ्दै गएको भन्दै पर्वतको कुश्मा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

कुश्मा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले माघ १० गते सोमबारदेखि माघ १६ गते आइतबारसम्मका लागि नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयका सेवासम्म स्थगन गरिएको हो ।

कुश्मा नगरपालिका सङ्कट व्यवस्थापन केन्द्रको बैठकबाट उक्त निर्णय गरेको हो । नगरपालिकाले वडा तथा नगरपालिकाको कार्यालयबाट लिनुपर्ने अत्यावश्यक सेवा बाहेक अन्य सेवाका लागि नआउन आग्रह गरेको छ । अत्यावश्यक सेवा लिनका लागि पनि जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.