कर्मचारीमा कोरोना संक्रमण देखिएपछि राष्ट्रिय वाणिज्य बैंकका अत्यावश्यकबाहेक सबै सेवा बन्द
काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक सिरहा शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकले दिने बैंकिङ्ग सेवा बन्द गरिएको छ । सदरमुकाम सिरहा नगरपालिकास्थित राष्ट्रिय वाणिज्य बैंकमा प्रबन्धक र अन्य ५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो।
कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि बैंकले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म अत्यावश्यकबाहेकका सेवा बन्द रहने जनाएको छ।
नगद जम्मा र नगद भुक्तानीबाहेक मोबाईल बैंकिङ, एटिएममा आईपर्ने समस्या र चेक क्लियरेन्स जस्ता काम भने सञ्चालन हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment