६ महिनामा २५ अर्ब ६२ करोडको मोबाइल आयात

डिसी नेपाल
१० माघ २०७८ १५:०२

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २५ अर्ब ६२ करोड बराबरका मोबाइल फोन आयात भएका छन् । भन्सार विभागको तथ्याङकअनुसार पुस मसान्तसम्ममा २५ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ बराबरको ३५ लाख ६४ हजार ओटा मोबाइल भित्रिएका हुन् ।

गत आर्थिक वर्षको पुससम्म नेपालमा २० अर्ब ६३ करोडका रुपैयाँ बराबरको मोबाइल आयात भएको थियो ।

चालु आवको ६ महिनामा चीनबाट मात्रै १५ अर्ब ४९ लाख रुपैयाँ बराबरको मोबाइल भित्रिएको छन् भने भारतबाट ९ अर्ब ५० करोड र भियतनामबाट ७८ करोड ९५ लाख ८० हजार रुपैयाँ बराबरको मोबाइल आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

चालु आवको ६ महिनमा भित्रिएका मोबाइलबाट सरकारले चार अर्ब पाँच करोड राजस्व संक‍लन गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *