सात कम्पनीको ५ लाख २९ हजार ६७५ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

डिसी नेपाल
११ माघ २०७८ १०:४७
68
Shares

काठमाडौँ। सात कम्पनीको ५ लाख २९ हजार ६७५ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ। प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट लिमिटेडले आफ्नो स्वामित्वमा रहेका कुमारी बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेसनल लाइफ इन्स्योरेन्स, आईसीएफसी फाइनान्स, नेपाल इन्स्योरेन्स र नेपाल ग्रामीण विकास लघुवित्तको संस्थापक शेयर लिलामीमा राखेको छ।

कम्पनीले कुमारी बैंकको २ लाख कित्ता, प्राइम बैंकको ६० हजार ६७५ कित्ता र प्रभु बैंकको ४६ हजार कित्ता सेयर लिलामीमा ल्याएको हो। त्यस्तै,  नेसनल लाइफको १ लाख कित्ता, आईसीएफसीको ५० हजार कित्ता, नेपाल इन्स्योरेन्सको ५० हजार कित्ता र नेपाल ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता सेयर लिलामीमा राखेको छ।

लिलामीमा राखिएकामध्ये प्रतिकित्ता कुमारी बैंकको १७५ रुपैयाँ, प्राइम कमर्सियल बैंकको १९० रुपैयाँ, प्रभु बैंकको १७५ रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको ३९४ रुपैयाँ, आईसीएफसीको २५० रुपैयाँ, नेपाल इन्स्योरेन्सको ४५० रुपैयाँ र नेपाल ग्रामीण विकासको ४०० रुपैयाँ  न्यूनतम मूल्य राखेर लगानीकर्ताले बोलकबोल गर्नुपर्नेछ।

लिलामीमा राखिएका शेयरमा इच्छुक विद्यमान संस्थापक शेयरधनी वा जोकोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम २ हजार कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाण्डौको बबरमहलस्थित कार्यालयमा पेस गर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.