धनगढीमा राष्ट्रिय सभाको मतदान जारी

डिसी नेपाल
१२ माघ २०७८ १०:२०
44
Shares

धनगढी। सुदूरपश्चिममा राष्ट्रिय सभाको निर्वाचन सुरु भएको छ । आज बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सम्म सञ्चालन हुने निर्वाचन कार्यालयका प्रमुख प्रेमदत्त भट्टले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभाका लागि तीन जना चयन हुनेछन् । तीन सिटका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । नेकपा एमाले एक्लै र अन्य तीन दल गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन्।

एमालेबाट महिलातर्फ कैलालीकी सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गराइसकेका छन् ।

गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीका तर्फबाट गरिमा शाह चुनावी प्रतिस्पर्धामा छन् ।

सुदूरपश्चिम प्रदेशमा ५२ जना प्रदेशसभा सदस्य र १ सय ७५ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.