दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

डिसी नेपाल
१२ माघ २०७८ १३:५१
368
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मुल्यमा १० प्रतिशतले बढेर सर्किट लागेको हो ।

विन नेपाल लघुवित्तको शेयर मूल्य १ सय १० रुपैयाँ ६० पैसाले बढेर प्रतिकित्ता १ हजार २ सय १६ रुपैयाँ ६० पैसा पुगेको छ । यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता ४२ रुपैयाँ १० पैसाले बढेर ४ सय ६३ रुपैयाँ २० पैसा पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.