शिखर इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद सेयर जारी गर्दै, बुकक्लोज मिति तय

डिसी नेपाल
१३ माघ २०७८ ९:४४
136
Shares
काठमाडौं। शिखर इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।  उक्त हकप्रद जारी गर्न कम्पनीले बुकक्लोज मिति तय गरेको छ। कम्पनीले माघ २१ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार माघ २० गतेसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
कम्पनीले ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले १०ः३ अनुपातमा प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मुल्यमा ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँबराबरको सेयर जारी गर्न लागेको हो।
यस हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । इक्रा नेपालले यस हकप्रदलाई कम जोखिम जनाउने ‘इक्राएनपी आइआर सिंगल ए’ ग्रेडिङ प्रदान गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.