लिङखुपाखरका किसानलाई ६६ हाते ट्र्याक्टर वितरण
काठमाडौं ।लिसङ्खुपाखर गाउँपालिकाले किसानलाई ६६ वटा हाते ट्र्याक्टर वितरण गरेको छ । गाउँपालिका कृषि शाखाले शुक्रबार गाउँपालिकाका अध्यक्ष कमल नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी उक्त हातेट्र्याक्टर वितरण गरेको हो ।
४३ वटा नौ एचपी र २३ वटा ७.५ एचपीको गरी ६६ वटा ट्र्याक्टर वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए। नौ एचपीको ४४७०० र ७.५ को ३९००० को दरमा ठेक्कामार्फत खरिद गरिएको दुलालले जानकारी दिए। ट्र्याक्टरमा पालिका अनुदान ७० प्रतिशत र समूह, सहकारी तथा व्यक्तिगतरूपमा किसानलाई ३० प्रतिशत सहभागिता गराइएको थियो । किसानको मागका आधारमा हाते ट्र्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष नेपालले जानकारी दिए ।
यसैगरी गाउँपालिकाले फलफूलको बिरुवा माटो परीक्षण गरेर वितरण गर्दै आइरहेको थियो छ । किसानहरूलाई विविध खाले कृषि अनुदानसमेत प्रदान गर्दै आएको छ । स्थानीय सरकार आएपछि किसानलाई राहत मिलेको कृषक भक्तलाल श्रेष्ठ बताए । उनले अब खेती गर्न सहज हुने विश्वास व्यक्त गरे ।
ट्र्याक्टर वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हेमगङ्गा मोक्तान, प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलाल, जनप्रतिनिधि र किसानको उपस्थिति रहेको थियो ।







डिसी नेपाल








Facebook Comment