कैदीबन्दी महिलालाई सेनिटरी प्याड
काठमाडौं ।झापा कारागारका कैदीबन्दी महिलालाई आज सेनिटरी प्याड वितरण गरिएको छ । विर्तामोडकी कृष्टिना प्रसाईँले जन्मदिनका अवसरमा कारागारमा रहेका ७७ महिलालाई सेनिटरी प्याड वितरण गरेका हुन् । जन्मदिनमा गरिने अनावश्यक खर्च कटौती गरेर कैदीबन्दी महिलालाई एक वर्षसम्म पुग्ने गरी ९२४ प्याकेट सेनिटरी प्याड वितरण गरिएको छ ।
प्याड वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, कारगार प्रमुख सावित्रा बस्नेत कार्कीको समेत उपस्थिति थियो । सोही अवसरमा उनका बुवा समाजवेसी श्याम प्रसाईँले महिला कारागारमा एक हजार लिटर क्षमताको पानीट्याङ्कीसमेत राखिदिने घोषणा गरेका छन् । पानीट्याङ्की अभावमा कैदीबन्दी महिलाले पानीको समस्या भोग्दै आएका छन्
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment