भारतबाट अवैद्य रुपमा मदिरा ल्याएर काठमाडौंमा कारोबार गर्ने समूह पक्राउ

डिसी नेपाल
१६ माघ २०७८ १७:०४
88
Shares

काठमाडौं । नेपाल प्रहरीले अवैद्य रक्सी आयत गर्ने एउटा समूहलाई पक्राउ गरेको छ । भारतबाट अवैद्य रुपमा मदिरा ल्याएर काठमाडौं उपत्यकामा कारोबार गर्ने समूहलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एवं एसपी कृष्ण कोइरालका अनुसार पर्साको गादी घर भई काठमाडौंको बुढानीलकण्ठ क्षेत्रमा बस्ने चन्द्र बख्रेलसहित चार जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको हो ।

बख्रेलसहित पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरीमनहरा नगरपालिका–६ का ३० वर्षीय शैलेश पन्त, पर्साको सुवर्णपुर घर भई काठमाडौंको हाँडीगाउँ बस्ने २८ वर्षीय रविन पाख्रीन र सर्लाहीको बरहथवा नगरपालिका–९ घर भई चाबाहिल बस्दै आएका ३८ वर्षीय नारायणप्रसाद घिमिरे छन् ।

भारतबाट रेडलेबल, एब्सुलेट भोडका, चिभास रेगल लगायतका मदिरा चोरी पैठारी गरी नेपाल ल्याएर कारोबार गर्ने गरेको सूचनाको आधारमा काठमाडौंको बानेश्वर, कपन, रामकोट लगायतका स्थानबाट २९६ कार्टुन मदिरा बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका मदिराको बजार मूल्य करिब एक करोड पचार लाख बराबर रहेको एसपी कोइरालाले बताए । सो रक्सी बख्रेलकै योजनामा नेपाल ल्याइएको प्रहरीको दाबी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.