दुई मृत फेला

डिसी नेपाल
१६ माघ २०७८ २०:१२
16
Shares

काठमाडौं ।पर्सामा दुईजना मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज दिएको जानकारीअनुसार पर्साको पोखरियामा एकजना प्रहरी जवान तथा हेटौँडाबाट वीरगञ्ज आउँदै गरेको बसमा एक भारतीय नागरिक मृतावस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय परवानीपुर बारामा दरबन्दी भएका प्रहरी जवान रिपुकुमार गिरी पोखरीया नगरपालिका–४ निवासी साथी जितेन्द्र रौनियारको कोठामा बेहोस अवस्थामा भेटिएको र निजका भाइ प्रहरी जवान अरविन्द गिरीले बेहोस अवस्थामा नै नारायणी अस्पतालमा उपचारमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

मृतक प्रहरी जवानको शवपरीक्षणपछि परिवारलाई जिम्मा लगाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको खनालले जानकारी दिए। यसैगरी वीरगञ्ज, महानगरपालिका–६ रेशमकोठीमा रहेको शिखर डिक्सनरी कम्पनीबाट ४०/४५ जना स्टाफहरू पिकनिक मनाउन ना५ख ७७६ नंको बस रिजर्भ गरी मकवानपुरको हेटौँडा गएको र पिकनिक मनाई वीरगञ्ज, फर्केर आउँदा कम्पनीका स्टाफ भारत विहार रक्सौल निवासी ५५ वर्षीय मनोज श्रीवास्तव बसकै सिटमा अचेत अवस्थामा रहेको र उपचारका लागि वीरगञ्जस्थित तराई अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक खनालले बताए।

मृतकको शवपरीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.