ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

डिसी नेपाल
१६ माघ २०७८ २२:२६
12
Shares

काठमाडौं ।म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा आज भएको ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पर्वतको मिलनचोकबाट दग्नाममा निर्माणाधीन अपर राहुघाट जलविद्युत् आयोजनाका लागि निर्माण सामग्री लिएर जाँदै गरेको ग१त ६०४४ नंको ट्र्याक्टर पानाकोट भन्ने ठाउँमा दुर्घटना भएको हो ।

ट्र्याक्टरको ढालाले च्यापिएर रोल्पाको सुनछहरी गाउँपालिका–३ का १८ वर्षीय नरजित घर्तिमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए। सडकबाट १४ फिट तल खसेको ट्र्याक्टरले च्यापिएर सख्त घाइते भएका घर्तिमगरलाई उपचारका लागि बेनी अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक घर्तिमगर ट्र्याक्टरको सहचालक भएको प्रहरीले जनाएको छ ।

ट्र्याक्टरका चालक रोल्पाको सुनछहरी गाउँपालिका–३ का जनक घर्तिमगरलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शवपरीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.