आज हिमपातकाे सम्भावना

डिसी नेपाल
१७ माघ २०७८ ७:२२
40
Shares

काठमाडाैं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहान तराईमा हुस्सु र कुहिरो लागेको छ। दिउँसाे प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। ‍

मंगलबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुनेछ।

बुधबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.