नेता डा.थापाको निधन

डिसी नेपाल
१७ माघ २०७८ १०:३८
300
Shares

काठमाडौं।नेकपा (एकीकृत समाजवादी) का नेता डा.दुमन थापाको ६२ वर्षका उमेरमा गए राति निधन भएको छ ।मिर्गौला रोगबाट ग्रसित उनको मण्डिखाटारस्थित ह्यामस् अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए ।

डा.थापा पार्टीको निर्वाचन आयोगको सदस्यका रुपमा क्रियाशील रहेका थिए।संयुक्त राज्य अमेरिकाबाट कृषि विषयमा विद्यावारिधी गरेका नेता डा.थापा दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.